बजेट टेबलले प्रदेश दुईमा ‘लफडा’– सत्तापक्षले अपमान गरेको नेकपाको आरोप | Khabarhub Khabarhub

बजेट टेबलले प्रदेश दुईमा ‘लफडा’– सत्तापक्षले अपमान गरेको नेकपाको आरोप


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आइतबार प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । तर, प्रदेश नम्बर दुईमा भने विपक्षी सांसदको अनुपस्थितिमै बजेट टेबल भएको भन्दै विरोध भएको छ ।

समाजवादी पार्टी र राजपा नेतृत्वको सरकार रहेको प्रदेश दुईमा नेकपा र नेपाली कांग्रेसले यस्तो प्रकृयाको विरोध गरेका छन् ।
सांसदहरु बाहिरिएको बेलामा बजेट टेबल गरिएको भन्दै विपक्षीहरुले विरोध गरेका छन् ।

सत्ता पक्ष बाहिरिएको बेलामा बजेट टेबल गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले विरोध गरेको छ ।

आइतबार साँझ बजेट भाषण सकिएसँगै आधा घन्टाका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बजेटको छलफलका लागि भन्दै सांसदहरु आफ्नो आफ्नो संसदीय दलमा पुगेका थिए र निर्धारित समयमा नआएपछि बैठक बसेको सत्तापक्षले दाबी गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले आफूहरुको अनुपस्थितिमा बजेटलाई टेबल गरिएको भन्दै आपत्ति जनाउँदै संसद चल्न नदिने घोषणा गरेको छ ।

नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले केही समय ढिलो हुँदैमा प्रतिपक्षी अनुपस्थित बैठकमा बजेट टेबुल गराउनु गलत भएको र यसले विपक्षीको अपमान भएको बताए ।

उनले यो अपमानको जमाफ सरकारले दिनु पर्ने भन्दै ठोस जवाफ नदिएसम्म संसद अवरुद्ध पार्ने चेतावनी दिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : २७ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि