एन्फाको महिला सदस्यमा सरिला र पेमा निर्वाचित « Khabarhub

एन्फाको महिला सदस्यमा सरिला र पेमा निर्वाचित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली फुटबलको सर्वोच्च निकायको नयाँ नेतृत्व चयनका लागि सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा निर्वाचन भएको थियो ।

सोही निर्वाचनबाट महिला सदस्य पदमा ४३ मतसहित लामा र ४६ मतसहित श्रेष्ठ विजयी भएका हुन् । महिला सदस्यमा उम्मेदवारी दिएका विन्द्रा देवान ३९ र विना श्रेष्ठ ४० मत मात्र पाउँदा पराजित भए ।

अध्यक्ष पदमा यसअघि नै पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भइसकेका छन् । यस्तै, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दावा लामा र दीपक खतिवडा विजयी भएका छन्  ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब