एन्फाको महिला सदस्यमा सरिला र पेमा निर्वाचित « Khabarhub

एन्फाको महिला सदस्यमा सरिला र पेमा निर्वाचित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली फुटबलको सर्वोच्च निकायको नयाँ नेतृत्व चयनका लागि सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा निर्वाचन भएको थियो ।

सोही निर्वाचनबाट महिला सदस्य पदमा ४३ मतसहित लामा र ४६ मतसहित श्रेष्ठ विजयी भएका हुन् । महिला सदस्यमा उम्मेदवारी दिएका विन्द्रा देवान ३९ र विना श्रेष्ठ ४० मत मात्र पाउँदा पराजित भए ।

अध्यक्ष पदमा यसअघि नै पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भइसकेका छन् । यस्तै, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दावा लामा र दीपक खतिवडा विजयी भएका छन्  ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २१ बजे

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी– अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

एजेन्सी– अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ