जापानको अदालतले भन्यो – ‘समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन’ « Khabarhub

जापानको अदालतले भन्यो – ‘समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन’


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ ।

ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए ।

विवाह गर्न नसक्ने उनीहरुको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा हेर्दा समलिंगी जोडीलाई आधिकारिक मान्यताको माध्यमबाट सार्वजनिक रूपमा मान्यता दिइने फाइदा महसुस गर्न आवश्यक छ । ’

जापानको संविधान अनुसार विवाहलाई दुवै लिंगको पारस्परिक सहमतिको आधारमा परिभाषित गरिएको छ । जापान समलिंगी विवाहलाई अनुमति नदिने एक मात्र जी ७ देशका समूहको सदस्य हो । जनमत सर्वेक्षणले धेरैजसो सर्वसाधारण जापानमा समलिंगी विवाहलाई अनुमति दिने पक्षमा रहेको देखाएको छ ।

टोकियोसहित धेरै क्षेत्रले समलिंगी जोडीहरूलाई सम्पत्ति भाडामा दिनका लागि सहयोग गर्न साझेदारी प्रमाणपत्र जारी गर्न थालेका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु