युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार « Khabarhub

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन् ।

हेरिटेज अक्सनले न्युयोर्कमा आयोजना गरेको बिक्रीमा उक्त पदक अज्ञात बोलपत्रदातालाई बेचिएको थियो । ती व्यक्तिले फोनमार्फत पदक किनेका थिए ।

मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै पुरस्कार जितेका थिए । नोबेल समितिले  उनीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको लागि’ सम्मान गरेको थियो ।

सोभियत संघको पतन पछि उनी सन् १९९३ मा नोभाया गजेटा स्थापना गर्ने पत्रकारहरूको समूहमा थिए । पत्रिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको कार्यनीतिको आलोचना गर्दै आएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि मार्चमा पत्रिकाको सञ्चालनमा अवरोध आएको थियो ।  क्रेमलिनको रक्तपातपूर्ण सैन्य अभियानको आलोचना गर्ने कसैलाई पनि कडा जेल सजाय दिने कानुन ल्याएपछि सञ्चालनमा अवरोध आएको थियो ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : १६ बजे

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ ।

रास्वपा केन्द्रीय कमिटी बैठक शनिबार बस्दै, विधान पारित गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने भएको

विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू 

काठमाडौं– विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्ने विदेशी नागरिक  तथा आम सर्वसाधारणलाई

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ