राप्ती हाइड्रोको आईपीओ भर्ने समय १० असारसम्म थप | Khabarhub Khabarhub

राप्ती हाइड्रोको आईपीओ भर्ने समय १० असारसम्म थप


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।

गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ४५ बजे

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको

दलहरूबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौं– जेन-जी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको