बेलायती राजकुमारले सडकमा पत्रिका बेचेपछि… « Khabarhub

बेलायती राजकुमारले सडकमा पत्रिका बेचेपछि…


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका थिए । एउटा हातमा पत्रिका लिँदै उनले बाटोमा हिड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो संस्करण पाए/नपाएको बारेमा सोधेका थिए ।

बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमल जुनको सुरुमा वेस्ट मिनिस्टर स्ट्रिटमा पत्रिका बेचेका देखिन्थे । एक सम्भावित नयाँ ग्राहकले आफूसँग म्यागेजिन किन्न ५ डलर नभएको बताएपछि, राजकुमारले लेनदेनमा सजिलो होस भनेर इलेक्ट्रोनिक मोबाइल क्रेडिट कार्ड मेसिन निकालेका थिए ।

उनकी दिवंगत आमा राजकुमारी डायना जस्तै विलियम पनि घरबारविहीन समुदायलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् । घरबारबिहीनहरुको अवस्था बुझ्न किशोरावस्थामा उनी एक दिन लन्डनको एउटा सडकमा रात बिताएका थिए ।

‘म ११ वर्षको हुँदा मेरी आमासँग घरबारविहीन आश्रयमा गएँ’, सोमबारको अंकमा उनले लेखेका छन् । सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाले घरबारविहीनता, एड्स, कुष्ठरोग र बारुदी विस्फोटलगायत अन्य कारणहरूका बारेमा चेतना जगाउने परोपकारी संस्थाहरूको लागि काम गरेकी थिइन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु