विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिलालाई बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

गत जेठ २९ गते बेलुकी २४ वर्षीय महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

काभ्रेपलाञ्‍चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङले पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

विवाहको प्रलोभनमा पारी गेष्ट हाउसमा लगेका उनले बलात्कारपछि महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए।

पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएपछि यही असार ५ गते राति ११ बजे तामाङलाई कालिमाटीबाट पक्राउ गरेको हो।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ०७ बजे

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद : गगन भन्छन्– फागुन २१ को निर्वाचनबाट नयाँ संसद आउँछ

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख