अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै « Khabarhub

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ । जसमध्ये नौवटा मुद्दा फछर्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड छेडेदह गाउँपालिकाको छ । सो गाउँपालिकाको एउटा मात्रै उजुरी अख्तियारमा परेको तथ्यांकमा उल्लेख छ ।

हिमाली गाउँपालिकाका पाँच, स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच, जगन्नाथ गाउँपालिकाका चार, बुढीनन्दा नगरपालिकाका चार तथा बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तीन/तीनवटा उजुरी परेका छन् । बाजुराका नौवटै स्थानीय तहका गरी ३८ वटा उजुरी परेको र १८ को फछर्यौट भइसकेको र २० वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : १७ बजे

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक