दीपिकाको स्वास्थ्य बिग्रिएपछि रोकियो प्रभासको फिल्म ? « Khabarhub

दीपिकाको स्वास्थ्य बिग्रिएपछि रोकियो प्रभासको फिल्म ?


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्म ‘प्रोजेक्ट के’ को काम रोकिएको खबरले केही समय यता चर्चा पायो । दीपिकाको स्वास्थ्यमा समस्या आएपछि फिल्मको छायांकन रोकिएको भन्ने खबर भाइरल झैँ भयो । प्रभास यतिबेला सलार, प्रोजेक्ट के र आदिपुरुषमा काम गरिरहेका छन् । दीपिकाको कारण छायांकन रोकिएपछि प्रभासलाई सेड्युल मिलाउन समस्या परिरहेको खबर एकपछि अर्को मिडियामा आएपछि निर्माण पक्षले बोलेका छन् । 

फिल्म निर्माता मध्येकी एकले दीपिकाको कारण केही समय मात्र फिल्मको काम रोकिएको बताएकी छिन् । ‘दिपिकाको ब्लडप्रेसर बढेपछि चेकअपका लागि अस्पताल गएकी हुन् । उनी फर्किसकेकी छिन् । उनी प्रोफेसनल कलाकार हुन् । उनको कारण केही घण्टा मात्र फिल्मको छायांकन रोकिएको हो । उनको कामको बारेमा गलत हल्ला नफैल्याउँ’ उनले भनिन् । 

यसमा अमिताभ बच्चनको पनि अभिनय रहने छ । निर्देशक नाग आश्विनले फिल्ममा तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने बुझिएको छ । साइन्स फिक्सन फिल्मलाई लिएर प्रभाससँगै दीपिका पनि उत्तिकै उत्साहित छिन् । यो प्रभाषले अभिनय गरिरहेको २१ औं फिल्म हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाषसँगै अमिताभ पनि एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ५१ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक