दीपिकाको स्वास्थ्य बिग्रिएपछि रोकियो प्रभासको फिल्म ? | Khabarhub Khabarhub

दीपिकाको स्वास्थ्य बिग्रिएपछि रोकियो प्रभासको फिल्म ?


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्म ‘प्रोजेक्ट के’ को काम रोकिएको खबरले केही समय यता चर्चा पायो । दीपिकाको स्वास्थ्यमा समस्या आएपछि फिल्मको छायांकन रोकिएको भन्ने खबर भाइरल झैँ भयो । प्रभास यतिबेला सलार, प्रोजेक्ट के र आदिपुरुषमा काम गरिरहेका छन् । दीपिकाको कारण छायांकन रोकिएपछि प्रभासलाई सेड्युल मिलाउन समस्या परिरहेको खबर एकपछि अर्को मिडियामा आएपछि निर्माण पक्षले बोलेका छन् । 

फिल्म निर्माता मध्येकी एकले दीपिकाको कारण केही समय मात्र फिल्मको काम रोकिएको बताएकी छिन् । ‘दिपिकाको ब्लडप्रेसर बढेपछि चेकअपका लागि अस्पताल गएकी हुन् । उनी फर्किसकेकी छिन् । उनी प्रोफेसनल कलाकार हुन् । उनको कारण केही घण्टा मात्र फिल्मको छायांकन रोकिएको हो । उनको कामको बारेमा गलत हल्ला नफैल्याउँ’ उनले भनिन् । 

यसमा अमिताभ बच्चनको पनि अभिनय रहने छ । निर्देशक नाग आश्विनले फिल्ममा तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने बुझिएको छ । साइन्स फिक्सन फिल्मलाई लिएर प्रभाससँगै दीपिका पनि उत्तिकै उत्साहित छिन् । यो प्रभाषले अभिनय गरिरहेको २१ औं फिल्म हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाषसँगै अमिताभ पनि एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ५१ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज