एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी « Khabarhub

एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन् । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित भएका थिए ।

शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन्फाको भण्डार शाखा प्रमुख अच्युतराज घिमिरेलाई बा ८ च ६१७ नम्बरको टोयोटा फर्चुनर फिर्ता गरे ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष शेर्पाले ३९ तथा अध्यक्ष नेम्वाङले ४५ मत पाएका थिए ।

अध्यक्षबाट पदमुक्त भएसँगै शेर्पाले मंगलबार बिहानै एन्फालाई आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गरेका हुन् ।

चार वर्षअघि सहकार्य गर्दै एन्फा नेतृत्वमा आएका शेर्पा र नेम्बाङ यस पटक भने एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा नेम्बाङ पक्षले बहुमत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ०५ बजे

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर