‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’ « Khabarhub

‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री खाणले नियमित योग तथा प्राणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताएका छन् ।  सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा उनले नियमित योगाभ्यासले स्फूर्ति प्रदान गर्ने हुँदा यसको अभ्यास गर्ने सुरक्षाकर्मीमा शान्ति र सुव्यवस्था कायम गर्न मनोबल वृद्धि हुने उल्लेख गरेका हुन् ।

विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन झन व्यस्त हुँदै गइरहेकाले जीवनयापनमा सहजता ल्याउन योगले मद्दत पुर्‍याउने बताउँदै गृहमन्त्री खाणले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाइराख्न मद्दत गर्ने धारणा व्यक्त गरे । ‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर आज मनाइएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनिता अर्याललगायतको सहभागिता थियो । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३० बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक