सुनिशासँग राजले कसे लगनगाँठो  « Khabarhub

सुनिशासँग राजले कसे लगनगाँठो 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाँस्य टेलीफिल्म ‘तीतो-सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गरेका छन् ।

टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर लामो समय अभिनय गरेका राजले सुनिशासँग आज विवाह गरेका हुन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका हुन् ।

रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरूले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ । सुनिशाले अघिल्लो मंगलबार मात्र फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको सङ्केत दिएकी थिइन् ।

दुई हप्ता अघि जन्मदिन परेकी सुनिशालाई राज आचार्यसँगै दीपाश्री निरौलाले पनि ‘बुहारी ह्रयाप्पी बर्थ डे’ भन्दै सुनिशालाई शुभेच्छा दिएपछि यी दुईको विवाहको चर्चा सुरु भएको थियो । अभिनय छाडेर पढ्न गएका राजले चार्टर्ड अकाउन्ट सकाएका छन् ।

बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । बर बधू पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : २९ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा