यस कारण निर्माता बने सौगात  « Khabarhub

यस कारण निर्माता बने सौगात 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्ल फिल्म निर्माणमा डेब्यु गरेको फिल्म ‘राधा’ मा अन्य अभिनेताले पनि साथ दिएका छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिँदा सौगात दङ्ग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ ।

 फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । उनले आफ्नो आग्रहलाई स्विकार्दै स-सानो रोलमा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुसी छन् ।

‘हाम्रो फिल्मको कथाले पात्रलाई बलियो बनाएको छ । कथा मात्र नभई पटकथा पनि बलियो छ । यसलाई स्टारडमले छोप्दैन’ सौगातले भने । सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्ममा अभिनेता तर्फ थियटरका बलिया अभिनेताहरू छन् । ‘म फिल्मबाट नै चिनिएको हुँ । त्यसैले यही केही गरौँ भन्ने थियो । राधामा जुरेको हो’ सौगातले भने । उनले राम्रो कथालाई आर्थिक अभावमा कागजमै थन्किएको देख्न नसक्ने भएकाले निर्माताको रूपमा अगाडी आएको बताए ।

भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड  हुँदै दुई साता अगाडि भाद्र १० मा प्रदर्शनमा आउने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा प्रदीप ‘प्रकाश’ सँग भिड्ने छ । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्न सकिन्छ ।

यसै फिल्म मार्फत निर्माता बनेका सौगातले तीन महिना अन्य फिल्मको कामबाट विश्राम लिँदै ‘राधा’ लाई समय दिने भएका छन् । आफैँ निर्माता भएकाले पनि उनी अन्य फिल्मको काम सारेर ‘राधा’मा व्यस्त हुँदै छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ०२ बजे

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष