सलमानको फिल्ममा राम चरणको केमियो  « Khabarhub

सलमानको फिल्ममा राम चरणको केमियो 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सलमान खान पछिल्लो समय फिल्म ‘कभी इद कभी दिवाली’ को काममा व्यस्त छन् । हैदराबादको सेड्युल सकाएर उनी मुम्बईको सेड्युल सुरु गर्ने तयारीमा छन् । यसैबीच फिल्मको एक गीतमा साउथ इन्डियन हिरो राम चरण देखिने भएका छन् । सलमानलाई गीत छायांकनको समय भेट्न पुगेका राम चरणले गीतमा केमियो गर्ने सहमति दिएका थिए । 

गीतमा एक जना आर्टिस्ट राख्ने सोच भएता पनि कसलाई राख्ने टुङ्गो नलागेकै बीच राम चरण सेटमा पुग्दा उनलाई सलमानले अफर गरेका थिए । केही समय अगाडि चिरञ्जीवीकाे अफर स्वीकार्दै सलमानले समेत केमियो गरेका थिए । यसैले गर्दा राम चरणले उनको अफर नकार्न सकेनन् । फिल्मको गीतमा राम चरणलाई साउथ स्टारकै रुपमा देखाइने छ । 

फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो । यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए । फिल्ममा सलमानको को-स्टार पुजा हेग्डे छिन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ३२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब