सलमानको फिल्ममा राम चरणको केमियो  « Khabarhub

सलमानको फिल्ममा राम चरणको केमियो 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सलमान खान पछिल्लो समय फिल्म ‘कभी इद कभी दिवाली’ को काममा व्यस्त छन् । हैदराबादको सेड्युल सकाएर उनी मुम्बईको सेड्युल सुरु गर्ने तयारीमा छन् । यसैबीच फिल्मको एक गीतमा साउथ इन्डियन हिरो राम चरण देखिने भएका छन् । सलमानलाई गीत छायांकनको समय भेट्न पुगेका राम चरणले गीतमा केमियो गर्ने सहमति दिएका थिए । 

गीतमा एक जना आर्टिस्ट राख्ने सोच भएता पनि कसलाई राख्ने टुङ्गो नलागेकै बीच राम चरण सेटमा पुग्दा उनलाई सलमानले अफर गरेका थिए । केही समय अगाडि चिरञ्जीवीकाे अफर स्वीकार्दै सलमानले समेत केमियो गरेका थिए । यसैले गर्दा राम चरणले उनको अफर नकार्न सकेनन् । फिल्मको गीतमा राम चरणलाई साउथ स्टारकै रुपमा देखाइने छ । 

फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो । यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए । फिल्ममा सलमानको को-स्टार पुजा हेग्डे छिन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ३२ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण