आफ्नै अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने एक पक्राउ | Khabarhub Khabarhub

 आफ्नै अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने एक पक्राउ


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरी प्रहरीले आफ्नै अपहरणको नाटक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागी पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्विच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपहरणको नाटक गरेको प्रहरीको भनाइ छ ।

उनले अपहरणको नाटक गरेर आफ्नै सालोसँगको २० लाख रुपैयाँ फिरौती मागेका थिए ।

शर्माविरुद्ध प्रहरीले सार्वजनिक उपद्रयाईं गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ४८ बजे

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख