कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग « Khabarhub

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराका युवा विद्यार्थीहरूले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरूले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरूले यस्तो अभियान सुरु गरेका हुन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरूले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताब संकलन अभियान थालेका छन् ।

५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।

‘किताब नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौँ,’ उनले भने, ‘हामीले आफ्नो कर्तव्य पूरा गरेका हौँ ।’ किताब र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ०२ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन