प्रधानमन्त्री भेट्न पुगेका एकनाथ ढकालले मागे सांसद पद « Khabarhub

प्रधानमन्त्री भेट्न पुगेका एकनाथ ढकालले मागे सांसद पद


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व हुनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।

ओलीलाई भेट्न बालुवाटार पुगेका ढकालले आफूलाई संघीय संसदमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । बालुवाटार स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले तत्कालीन नेकपा नेकपा एमाले र परिवार दलबीच भएको ३ बुँदे सहमति पनि स्मरण गराएका जनाइएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा तत्कालीन एमाले र परिवार दलबीच ३ बुँदे सहमति भएको ढकालको भनाइ छ । उक्त सहमतिअनुमा परिवार दलले वाम गठवन्धनलाई निर्वाचनमा सहयोग गर्ने र गठवन्धनबाट परिवार दललाई संसदमा प्रतिनिधित्व गराइने विषय उल्लेख भएको ढकालको भनाइ छ ।

ढकालको ध्यानाकर्षण पछि प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा जवाफ दिने बताएका छन् ।

ढकालले भने आफूलाई संसदमा प्रतिनिधित्व गराउन नेकपाका अर्का अध्यक्ष प्रचण्डको पनि ध्यानाकर्षण गराउने जनाएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ५१ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन