प्रधानमन्त्री भेट्न पुगेका एकनाथ ढकालले मागे सांसद पद « Khabarhub

प्रधानमन्त्री भेट्न पुगेका एकनाथ ढकालले मागे सांसद पद


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व हुनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।

ओलीलाई भेट्न बालुवाटार पुगेका ढकालले आफूलाई संघीय संसदमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । बालुवाटार स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले तत्कालीन नेकपा नेकपा एमाले र परिवार दलबीच भएको ३ बुँदे सहमति पनि स्मरण गराएका जनाइएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा तत्कालीन एमाले र परिवार दलबीच ३ बुँदे सहमति भएको ढकालको भनाइ छ । उक्त सहमतिअनुमा परिवार दलले वाम गठवन्धनलाई निर्वाचनमा सहयोग गर्ने र गठवन्धनबाट परिवार दललाई संसदमा प्रतिनिधित्व गराइने विषय उल्लेख भएको ढकालको भनाइ छ ।

ढकालको ध्यानाकर्षण पछि प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा जवाफ दिने बताएका छन् ।

ढकालले भने आफूलाई संसदमा प्रतिनिधित्व गराउन नेकपाका अर्का अध्यक्ष प्रचण्डको पनि ध्यानाकर्षण गराउने जनाएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ५१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको