नेप्सेमा फेरि ३१ अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा फेरि ३१ अङ्कको गिरावट


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार ३७ अङ्कले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१.२१ अङ्कले घटेर १८९३.५३ अङ्कमा झरेको हो । ३१ अङ्कभन्दा बढीले घटेको बजारमा आज कारोबार रकमसमेत ८४ करोड ३७ लाखमा खुम्चिन पुगेको छ । १३ वटै उपसूचक ऋणात्मक भएर आज पनि बजार राताम्मे भएको छ ।

आज डेभलपमेन्ट बैङ्क समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बीमा समूह १.९९ प्रतिशतले, जीवन बीमा समूह १.४५ प्रतिशतले, बैङ्किङ समूह १.२१ प्रतिशतले घटेको छ ।

यस्तै, माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एन्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशत, होटेल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधीखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् भने युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयरधनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : १८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य