नेप्सेमा फेरि ३१ अङ्कको गिरावट « Khabarhub

नेप्सेमा फेरि ३१ अङ्कको गिरावट


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार ३७ अङ्कले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१.२१ अङ्कले घटेर १८९३.५३ अङ्कमा झरेको हो । ३१ अङ्कभन्दा बढीले घटेको बजारमा आज कारोबार रकमसमेत ८४ करोड ३७ लाखमा खुम्चिन पुगेको छ । १३ वटै उपसूचक ऋणात्मक भएर आज पनि बजार राताम्मे भएको छ ।

आज डेभलपमेन्ट बैङ्क समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बीमा समूह १.९९ प्रतिशतले, जीवन बीमा समूह १.४५ प्रतिशतले, बैङ्किङ समूह १.२१ प्रतिशतले घटेको छ ।

यस्तै, माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एन्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशत, होटेल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधीखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् भने युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयरधनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : १८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण