नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’ | Khabarhub Khabarhub

नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेस्रो तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै तीन एकदिवसीय श्रृंखलामा इंग्ल्याण्डले ३-० को ‘क्लिन स्विप’ गरेको छ ।

बुधबार राति नेदरल्याण्डले दिएको २४५ रनको लक्ष्य इंग्ल्याण्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जासन रोयले सर्वाधिक १०१ रन बनाए । यस्तै, कप्तान जस बट्लरले अविजित ८६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरणले २ विकेट लिए ।

यसअघि भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४४ रन बनायो ।

नेदरल्याण्डका कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६४ रन बनाए । यस्तै, बास डी लिडेले ५६ तथा म्याक्स ओडोडले ५० रनको योगदान गरे । इंग्ल्याण्डका डेभिड विलले सर्वाधिक ४ विकेट लिए ।

यस अघिको दुई खेलमा इंग्ल्याण्डको २३२ रन र ६ विकेटले विजयी भएको थियो । अब, इंग्ल्याण्डकोले न्युजिल्याण्डविरुद्ध तीन टेष्ट श्रृंखला खेल्दैछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १२ : ५९ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा