बेलायत उड्दै ५ महिला फिल्ममेकर « Khabarhub

बेलायत उड्दै ५ महिला फिल्ममेकर


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रशंसा केसी, प्रशुना डंगोल ,आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत आज बेलायत उड्दै छन् । आ-आफ्ना कथा लिएर उनीहरु बिहीबार बेलायत उड्न लागेका हुन् ।५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड  डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदै छन् ।

 मंगलबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा उनीहरूले बेलायत जाने अवसर र आफूले छानेका विषयबारे पत्रकारसँग अनुभव साझा गरे । ५ जना युवतीलाई बेलायतको प्रतिष्ठित वृत्तचित्र महोत्सवमा जाने चाँजोपाँजो मिलाएका हुन् बेलायतको तास्कोभस्की फिल्मस्, ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रम, पामे चलचित्र तथा संगीत महोत्सव र चलचित्र विकास बोर्ड ।

सन् २०२२ देखि नेपाली चलचित्र उद्योगमा लैङ्गिक समावेशीकरणका लागि काम गरिरहेका माथि उल्लेखित सम्पूर्ण संस्थाले महिलामा व्यावसायिक फिल्म निर्माणको सीप विकास गर्नका लागि महिला निर्माता र निर्देशकहरूको आवेदन माग गरेका थिए ।

आवेदनबाट महिला फिल्मकर्मीलाई विभिन्न चरणको परीक्षाबाट छनोट गरी १० जनामा सीमित गरिएको थियो । यिनै १० जनालाई फेब्रुअरीदेखि मेसम्म भर्चुअल सत्रमार्फत फिल्मको कथा वाचनका अनेक प्रशिक्षणहरू दिइएको थियो । नेपाली र विदेशी फिल्ममेकरबाट विभिन्न चरणमा पाएको ज्ञानलाई सदुपयोग गर्न सक्ने १० जनाबाट ५ जनालाई छानेर थप प्रशिक्षण दिइएको थियो । यसरी ६ महिना हाराहारीको समयमा विभिन्न चरणमा पाएको ज्ञान लिएर ५ जना महिला बेलायत उड्न लागेका हुन् ।

‘सेफिल्ड डकफेस्ट’आज बिहीबार सुरु भएर आउँदो मंगलबार सकिने कार्यतालिका छ । यही ५ दिनमा नेपाललाई प्रतिनिधित्व गरेर जान लागेका युवतीले गार्जियन, न्युयोर्क टाइम्सदेखि अल जजिरासम्मका वृत्तचित्र निर्मातासँग भेटघाट गरेर आफ्नो कथा सुनाउने कार्यतालिका छ ।

 ‘स्लेट फन्डिङ’ को योजनासहित बेलायत उड्न लागेकी स्मृति बस्नेत भन्छिन्, ‘आफ्ना कथामा लगानीकर्ता खोज्ने त भइहाल्यो तर मेरो योजना उताका निर्मातालाई नेपाली फिल्ममा सदा लगानी गर्न स्थायी फन्ड जुटाउने पनि छ । ‘स्लेट फन्डिङ’ लाई लागू गर्न सकियो भने ५ वटा नेपालले सयौँ कथा विश्व मञ्चमा पुर्‍याउन सक्छ ।’

५ जनामध्ये स्मृति मात्र विनाकथा जान लागेकी हुन् । उनले आफ्नो ध्यान दीर्घकालीन लगानी खोज्ने रहेको बताइन् । ६ महिना लामो प्रशिक्षणका चरणमा सहभागीलाई सकभर आफ्नै कथामा फिल्म अभिप्रेरित गरिएको थियो । प्रशुना, प्रशंसा र पिंकी श्री रानाले यसरी आफैँले भोगेका कथालाई भविष्यमा  फिल्म निर्माणका लागि सुहाउने गरी विकसित गरिरहेका छन् ।

यसैगरी विकास बोर्डका आर्काइभ तथा सूचना अधिकृत चिरञ्जीवी गुरागाईँले बोर्डले नयाँ पुस्ताका फिल्मकर्मीसँग काम गर्न चाहेको र यस्ता कार्यक्रमले बोर्डको त्यो अपेक्षा पूरा भइरहेको बताएका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ३ : ३३ बजे

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा