अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ : खतिवडा « Khabarhub

अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ : खतिवडा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको विवाद चुलिँदै गइरहेको बेला अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्रीहरू हेरफेर गर्ने दिशामा लागेको भन्दै पार्टीको निर्णय कार्यान्वयनमा गर्ने बैठकले जोड दिएको हो ।

पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।

खतिवडाले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँदै भने, सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउनेछन्, अनि ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने छ ।

‘मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घण्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

नेकपा एसको शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

केही साताअघि मात्र नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ०५ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी