गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस् : शेर बहादुर तामाङ | Khabarhub Khabarhub

गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस् : शेर बहादुर तामाङ


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।

उनले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उनले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताए । उनले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गरे ।

उनले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय गर्‍यो भनी प्रश्न गरे । सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोखे । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : २८ बजे

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर

अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने

सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

भक्तपुर – भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ