यसकारण हरेक फिल्ममा आफ्नो हेयर स्टाइल फेर्छन् शाहिद कपूर « Khabarhub

यसकारण हरेक फिल्ममा आफ्नो हेयर स्टाइल फेर्छन् शाहिद कपूर


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शादिद कपूर पछिल्लो समय फिल्म ‘कबीर सिंह’ का कारण चर्चामा छन् । हालै उनी आफ्नो फिल्मको प्रचारका लागि भारतीय टिभी शो ‘कपिल शर्मा शो’ मा पुगेका थिए । उनले उक्त शोका दौरान आफ्ना केही व्यक्तिगत अनुभव शेयर गरे ।

शोमा शर्माले शाहिद कपूरसँग सोधे, किन तपाईंले हरेक फिल्ममा आफ्नो हेयर स्टाइल चेन्ज गर्नुहुन्छ ? यसको जवाफमा शाहिदले भने, ‘एकपटक मेरा पिता (पंकज कपूर) ले यो सुझाव दिनुभएको थियो कि, हरेक फिल्ममा नयाँ लूक्स प्रयोग गर्नुपर्छ, यही कारण मैले हरेक फिल्ममा नयाँ हेयर स्टाइल बनाउँछु ।’

साथै उनले आफ्ना बाबुले वंशानुगत गुणका कारण ४० कटेपछि कपाल झर्न सक्ने समस्या आउन सक्ने पनि बताए । उनले आफू छोटो उमेरमै हिरो बनेकोमा बुबा निकै खुशी भएको पनि खुलाए । उनले भने, ‘मलाई बुबाले सधै राम्रो गर्नका लागि प्रेरित गरिरहनुहुन्छ,’ उनले भने ।

जून महिनामा रिलिज हुने शाहिदको फिल्म ‘कबीर सिंह’ दक्षिण भारतीय फिल्म अर्जुन रेड्डीको रिमेक हो । पछिल्लो समय यो फिल्मको राम्रै चर्चा छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : १५ बजे

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह