भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित « Khabarhub

भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए ।

हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो ।

पछिल्लो एक दिनमा १३ हजार २९ जना कोरोनामुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ४ करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका