बिमितको उपचार नियमित गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह « Khabarhub

बिमितको उपचार नियमित गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बिमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बिमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका छन् । ‘परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने व्यहोरा अवगत गराउँदै बिमितलाई नियमित स्वास्थ्योपचार प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बीमा बोर्डले बिमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बिमितको उपचार नगर्ने घोषणा गरेका थिए । उनले  स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बिमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ । उनले आव २०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ सङ्ख्या र चालु आवमा ३३ लाख ७५ हजार ८३७ बिमित सङ्ख्या गरी कूल ५२ लाख ८४ हजार ८९४ बिमित बिरामीको दाबी परीक्षण गरी रु आठ अर्ब १३ करोड भुक्तानी गरिसकेको जानकारी दिए ।

बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब हुने गएको उनको भनाइ रहेको छ । उनले आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अपनाइ परीक्षण गर्ने तयारी भइरहेको बताए । 

अहिलेसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । प्रतिपरिवार रु तीन हजार ५०० तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बीमा कार्यक्रममा दिइने गरिन्छ । हाल सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजार सङ्ख्यामा दाबी गरिरहेका छन् । देशभरिमा ४५० वटा स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ३७ बजे

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा