माओवादी केन्द्र महोत्तरीमा चर्कियो अन्तरविरोध  « Khabarhub

माओवादी केन्द्र महोत्तरीमा चर्कियो अन्तरविरोध 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मत परिणाम प्रतिकुल आइइाल्छ नि,’ यो भनाइ हो माओवादी केन्द्र महोत्तरीका नेता राजु ढकालको ।

तर, अहिले महोत्तरीमा ढकालले चित्त बुझाएजस्तो माओवादी केन्द्रभित्र अरुले चित्त बुझाएका छैनन् । माओवादी केन्द्रले महोत्तरीमा व्यहोरेको पराजयकै कारण दुई पक्षबिचको तिक्तता यति बेला उत्कर्षमा छ ।

माओवादी केन्द्रभित्रको संस्थापन खेमा र पूर्व जनमोर्चा खेमामा आरोप–प्रत्यारोप चल्न थालेको छ । विवाद उत्कर्षमा पुग्दै बैठकसमेत छुट्टाछुट्टै राख्न थालिएको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले चार वटा पालिकामा जितेर जिल्लाकै तेस्रो दल बनेको थियो । तर, गत वैशाखमा भएको निर्वाचनमा केही वडाहरू बाहेक कुनै पालिकामा पनि जित हासिल गर्न सकेन ।

यही लज्जास्पद हारको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा आरोप प्रत्यारोपको अवस्था सिर्जना भएको हो । पाटीभित्रका जिम्मेवार नेता र कार्यकर्ताहरूको अन्तर्घातको प्रतिफल नै पराजयको कारक बनेको संस्थापन पक्षको निष्कर्ष छ भने संस्थापनइतर जनमोर्चा खेमा भने यसलाइ अस्वीकार गर्छ ।

स्थानीय निर्वाचनमा टिकट कसले पायो भन्ने विषयले मुख्य प्राथमिकता राख्ने भएको हुँदा पार्टीले टिकट वितरणमा समेत त्रुटि गरेको संस्थापनइतरको विश्लेषण छ ।

विशेष गरी केन्द्रीय सदस्य राजु खड्का र गिरिराजमणि पोखरेलबीचको तिक्तताले माओवादी केन्द्र महोत्तरीमा तरङ्ग ल्याएको हो । पोखरेल महोत्तरी क्षेत्र न.१ वाट प्रतिनिधि सभा सदस्यमा लगातार तीन पटक निर्वाचित भइसकेका छन् भने राजु खड्का अहिले जिल्लाका इन्चार्ज हुन् ।

खड्का बर्दिबास नगरपालिका मेयरमा पराजित भए । उनले आफ्नो पराजयको दोषसमेत पोखरेल समूहलाई लगाएका छन् । पूर्व नगरप्रमुख विदुरकुमार कार्कीको असहयोग, गिरिराजमणिको निष्क्रियता तथा विशेष गरी जनमोर्चा खेमाको असहयोगकै कारण आफूले हार व्यहोरेको खड्काको तर्क छ ।

तर, पोखरेल समूहले भने आफूहरूले आफ्ना उम्मेदवारलाई जिताउन करकोसिस गरेको दाबी गरेका छन् । पोखरेलसँग निकट मानिने युवा नेता शङ्कर महतो आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन निकै कोसिस गरेको दाबी गर्छन् ।

मुख्य नेताहरूबिचमा बढिरहेको दूरीको कारणले आगामी प्रदेश र  प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत ठूलो असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित बन्न थालेका छन् ।

संस्थापन पक्ष  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केन्द्रीय पार्टी कार्यालय नै पुगेको थियो । अध्यक्ष प्रचण्डसँगको  भेटमा सहभागीहरूले पोखरेल समूहबाट पार्टीलाई भएको असहयोगका कारण हार व्यहोर्नु परेको गुनासो गरिएको थियो । पार्टीले व्यहोर्नुपरेको पराजयका कारण नैतिकताका आधारमा जिल्ला इन्चार्जबाट राजु खड्काले को राजीनामा दिनुपर्ने आवाज पनि उठ्न थालेको एक नेताले बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ४६ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ