योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईंहरू अहिले चिन्दै हुनुहुन्छ « Khabarhub

योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईंहरू अहिले चिन्दै हुनुहुन्छ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिए लगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण गराएका हुन् ।

नेता भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईँको काबुभन्दा बाहिर जाने छ भनेर छुट्टिएको जानकारीसमेत गराएका छन् । उनले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूले पहिल्यै भनेको पनि उल्लेख गरेका छन् ।

‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैँले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ,’ भट्टराईले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : १८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६