स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखियो : माधव नेपाल  « Khabarhub

स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखियो : माधव नेपाल 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् । शुक्रबार काठमाडौँमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएको समेत  जानकारी दिएका छन् ।

उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चुनौतीको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखेका थिए । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्दै सही निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाई छ । 

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ५३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु