राष्ट्रियसभामा तीन विधेयक टेबुल « Khabarhub

राष्ट्रियसभामा तीन विधेयक टेबुल


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेस गरेका हुन् ।

त्यस्तै, बैठकले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले पेस गरेका थिए ।

बैठकमा ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : २९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु