लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य : अर्थमन्त्री शर्मा « Khabarhub

लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य : अर्थमन्त्री शर्मा


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखा परीक्षण पेसा राज्यसँग जोडिएको विषय रहेको भन्दै पारदर्शिता आवश्यक रहेको बताए।

उनले लेखा परीक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले राज्यलाई नै असर पर्ने धारणा राखे। समयमा नै बजेट खर्च नहुने समस्या समाधानका लागि पनि लेखा परीक्षकहरूको सुझाव सरकारले लिने उनले बताए। त्यस्तै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि बजेटमा उत्पादनलाई जोड दिएको उल्लेख गरे।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले लेखा परीक्षणलाई पूर्ण रूपमा डिजिटल बनाउनुपर्ने बताए। उनले लेखा परीक्षणको क्षमता अभिवृद्धि गर्दै यस क्षेत्रलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ४५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज