लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य : अर्थमन्त्री शर्मा « Khabarhub

लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य : अर्थमन्त्री शर्मा


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहिता अनिवार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखा परीक्षण पेसा राज्यसँग जोडिएको विषय रहेको भन्दै पारदर्शिता आवश्यक रहेको बताए।

उनले लेखा परीक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले राज्यलाई नै असर पर्ने धारणा राखे। समयमा नै बजेट खर्च नहुने समस्या समाधानका लागि पनि लेखा परीक्षकहरूको सुझाव सरकारले लिने उनले बताए। त्यस्तै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि बजेटमा उत्पादनलाई जोड दिएको उल्लेख गरे।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले लेखा परीक्षणलाई पूर्ण रूपमा डिजिटल बनाउनुपर्ने बताए। उनले लेखा परीक्षणको क्षमता अभिवृद्धि गर्दै यस क्षेत्रलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ४५ बजे

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा