बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

 बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ । वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले वि.सं. २०६६ सालमा बिमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औसत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको सन्दर्भमा बिमितको मृत्युदर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको औंल्याए ।

अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बिमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गर्दै बिमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली बिमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए ।

जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बिमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । बीमा समितिका परामर्शदाता बीमाङ्की प्रेक्षा माथेमाले बिमितको मृत्युदर अनुसन्धान संयन्त्र र बीमाङ्की विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरू रुस्तम लवाजुले विभिन्न देशका बिमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बिमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्याङ्क सम्बन्धी विषयमा प्रस्तुती गरेका थिए  ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समितिका उपनिर्देशक निर्मल अधिकारीले गरेका थिए  । कार्यक्रममा जीवन बीमक संघका पदाधिकारी, जीवन बीमा कम्पनीका सूचना प्रविधि विभाग तथा बीमाङ्की मूल्याङ्कन शाखाका कर्मचारी र बीमा समितिको बीमालेख शाखामा कार्यरत कर्मचारीहरुको  सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ०७ बजे

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा