दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट  « Khabarhub

दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेस गरेको छ । शुक्रबार सम्पन्न आठौँ नगर सभामार्फत नगरपालिकाले कुल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको हो ।

उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरिएको छ ।

संघीय सशर्त अन्तरगत चालुतर्फ ४१ करोड ६१ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ । यस्तै, संघीय समपुरकबाट सञ्चालित योजनाका लागि ४० लाख, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि १ करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ३३ लाख २३ हजार र पुँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने योजनाका लागि १ करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ ।

यस्तै, नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च ३ करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि ३ करोड ८ लाख विनियोजन गरिएको छ ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ ६ लाख र चालुमा १ लाख थप बजेट पठाइएको उपमेयर राईले जानकारी दिए । कार्यक्रममा मेयर तीर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : २६ बजे

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।