ललितपुरको महांकाल गाउँपालिकाले नाम फेर्दै « Khabarhub

ललितपुरको महांकाल गाउँपालिकाले नाम फेर्दै


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ ।

गाउँपालिकाको गाउँ सभाको दसौँ अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । ‘हामी यो प्रस्ताव प्रदेशमा पटाउँछौँ । प्रदेशले केन्द्रलाई पठाएपछि निर्णय हुन्छ,’ उनले भने ।

धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महांकाल वैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीको भनाइ छ ।

दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रूपमा परिचित महाकांलमा कालेश्वर महादेव मन्दिर, वैतरणी धाम, महांकाल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको बाक्लो भिड लाग्ने गरेको छ ।

दक्षिण ललितपुरकै बागमती गाउँपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ४७ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय