‘लू’ निर्देशकमा प्रदीप भट्टराई अनुबन्धित  « Khabarhub

‘लू’ निर्देशकमा प्रदीप भट्टराई अनुबन्धित 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबिच लिखित सहमति भएको छ । जात्रा सिरिज मार्फत व्यावसायिक र समीक्षात्मक सफलता बटुलेका निर्देशक भट्टराईले महापुरुषको छायांकन सकाएपछि ‘लू’ को काममा व्यस्त हुने बताए ।

‘काम गर्ने सहमति भएको छ । के – कसरी गर्ने भन्ने विषयमा पत्रकार सम्मेलन मार्फत नै जानकारी गराउने निर्माण पक्षको तयारी छ’ निर्देशक भट्टराईले भने । गत असार ४ गतेबाट छायांकनमा रहेको फिल्म ‘महापुरुष’ को अझै ३५ दिनको सेड्युल बाँकी रहेको छ । ‘महापुरुषलाई काठमाडौं र आसपासमा छायांकन गरिरहेका छौँ । अहिले सम्पूर्ण ध्यान यसमै छ’ निर्देशक भट्टराईले भने ।

‘लू’ उपन्यासजस्तै फिल्म पनि उत्तिकै रोचक हुने कुरा उल्लेख छ । ‘यो उपन्यास जति रोमाञ्चक छ उति नै मजा आउने किसिमको छ । यसमा नेपाल र भारतको सीमा विषय पनि उठेको छ । दर्शकलाई मन पर्ने कथा, विषय र ह्युमर यसमा समेटिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।कारो फिल्म्सले ‘लू’सहित अन्य बिग बजेटका फिल्मको निर्माण गर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ४० बजे

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा