लागूऔषध दुर्व्यसन र अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको छ : गृहमन्त्री  « Khabarhub

लागूऔषध दुर्व्यसन र अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको छ : गृहमन्त्री 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले लागूऔषध दुर्व्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री खाँणले नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रूपमा आइरहेको भन्दै नियन्त्रणका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका हुन्  ।

संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले आगामी दिनमा जनजागरूकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनमा फसेका युवाहरूलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिए।

मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारागारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधि मध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाँणले जानकारी दिए।

कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघ संस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागू औषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । त्यसअघि काठमाडौँमा सचेतनामूलक र्‍यालीसमेत निकालिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ५३ बजे

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ