माओवादी द्वन्द्वकालीन घटना अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन : देव गुरुङ | Khabarhub Khabarhub

माओवादी द्वन्द्वकालीन घटना अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन : देव गुरुङ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले माओवादी द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुन नसक्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले द्वन्द्वकालीन विषय राष्ट्रिय मुद्दा रहेको र यसलाई राष्ट्रिय स्तरमै समाधान खोज्नुपर्ने बताए । तर, राष्ट्रिय स्तरमा समाधान गरिनुपर्ने द्वन्द्वकालीन मुद्दालाई केही संस्थाले डलरको खेती गरेर नेपालीबिच फाटो ल्याउने काम गरेको उनको भनाइ छ । नेपाल रोम विधानको सदस्यता लिएको छैन ।

यस कारण द्वन्द्वकालीन मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन,’ गुरुङले भने, ‘यो राष्ट्रिय मुद्दा हो । राष्ट्रिय रूपमा व्यवस्थापन गरिनुपर्छ । राष्ट्रिय मुद्दा हुँदै हुँदै पनि कतिपय पश्चिमा डलरमा चलेका कतिपय मानवअधिकार नामका संस्थाहरूले जुन ढङ्गले खेती गरिरहेको छ, नेपालीहरूबिच मिल्न नदिने र द्वन्द्व व्यवस्थापन गर्न नदिने । दलहरूबिच मिल्न नदिने र देश सहज रूपमा अगाडि बढ्न नदिने प्रवृत्ति देशको स्वाधीनताको आत्मघाती कार्य हो । यो रोकिनुपर्छ ।’

द्वन्द्वकालीन घटना उचालेर नेताहरूको विदेश भ्रमणसमेत प्रभावित पार्न खोजेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : २५ बजे

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र