रुसी सुनमाथि प्रतिबन्ध लगाउने जी ७ को तयारी « Khabarhub

रुसी सुनमाथि प्रतिबन्ध लगाउने जी ७ को तयारी


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुको समूह जी ७ का नेताहरुले रुसी सुनमाथि प्रतिबन्धको तयारी गरेका छन् । जर्मनीको बभारिया राज्यस्थित सोल्स एल्माउमा भेला भएका जी ७ का नेताहरुले रुसी सुनको आयातमा प्रतिबन्धको तयारी गरेका हुन् ।

युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको चरम अभाव एवम् चर्को मूल्यवृद्धि देखिरहेका बेला जी ७ ले रुसी सुनमाथि प्रतिबन्धको तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बेलायत, अमेरिका, जापान र क्यानाडाले रुसी अर्थतन्त्रलाई थप कसिलो पार्नका लागि सुनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव ल्याएका हुन् ।  यसबारे मंगलबार सार्वजनिक घोषणा गरिने रोयटर्सले जनाएको छ ।

‘आज हामीले घोषणा गरेको कदमले रुसी धनाढ्यमाथि प्रत्यक्ष प्रभाव पार्नेछ र पुटिनको युद्ध मेसिनको मुटुमै प्रहार गर्नेछ ।’ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

‘हामीले पुटिनको सत्तालाई पैसाको भोकमरी लगाउनु आवश्यक छ ।’ जोनसनले भने । सुनको निर्यात रुसको विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत रहेको रोयटर्सले जनाएको छ ।

रुससँग गत वर्ष १५ अर्ब ४५ करोड डलर बराबरको सुन निर्यात गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ४३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार