चीनमा तेस्रो तल्लाबाट विद्युतीय कार खस्दा दुई जनाको मृत्यु « Khabarhub

चीनमा तेस्रो तल्लाबाट विद्युतीय कार खस्दा दुई जनाको मृत्यु


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन तल्ला माथिबाट विद्युतीय कार खस्दा चीनमा दुई जनाको मृत्यु भएको छ । चीनको साङ्घाइमा रहेको कार निर्माता कम्पनी नियोको मुख्यालयस्थित तेस्रो तल्लाबाट विद्युतीय कार खसेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार उक्त कम्पनीको कार परीक्षण केन्द्र मुख्यालय रहेको भवनको तेस्रो तल्लामा थियो ।

घटनामा मृत्यु हुनेमा कम्पनीका एकजना कर्मचारी एवम् अर्को साझेदार कम्पनीसँग आबद्ध व्यक्ति छन् । कार निर्माता कम्पनीले घटनाबारे अनुसन्धान गरिरहेको र सरकारी अधिकारीद्वारा छानबिनमा पूर्ण सहयोग गरिरहेको जानकारी दिएको छ ।

नियो कम्पनी अमेरिकी धनाढ्य इलोन मस्कको टेस्ला कम्पनीको प्रतिस्पर्धी मानिन्छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ३० बजे

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र