रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा « Khabarhub

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल्माउ क्यासल– संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ ।

यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।

यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख निर्यात हो । रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।”

सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस बिषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।

ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ०५ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)