आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए? | Khabarhub Khabarhub

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए?


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ।

१ असारदेखि ५ गतेसम्म सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएको सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन परेको थियो । १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

आदर्शले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो। बिओके क्यापिटलले २३ जेठमा आह्वान पत्र प्रकाशित गरेको थियो । आदर्श लघुवित्तले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ३५ बजे

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

दमौली– अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ

दाङमा बाढी : एक जनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा

घोराही– बाढीमा परी दाङमा एक जना बेपत्ता भएका छन् भने

बाढी पहिरो चल्दा देशभर ३६ सडक ठप्प !

काठमाडौं– शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका

कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि…

पर्वत– लगातारको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र