आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव  | Khabarhub Khabarhub

आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ । नाट्य उत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सवको संयुक्त उद्घाटन गरे ।

दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सव कोरोना महामारीका कारण बल्ल आफूहरूले आयोजना गर्न सकेको उत्सव संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताइन् । आइतबारबाट सुरु भएको नाट्य उत्सव सप्ताहव्यापी रुपमा आयोजना हुने संयोजक शर्माले कार्यक्रममा जानकारी गराइन् ।

उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सवले भाषा भाषिकाका नाटकहरुलाई पनि मूलधारमा ल्याउन मद्दत पुर्‍याउने बताए । पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।

यो नाटकका मुख्य पात्रले आफू सपनामा स्वर्ग गएको रमाइलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरू मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरूले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भताभुंग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।

आइतबारबाट सुरु भएको यो नाट्य उत्सव १८ असारसम्म जारी रहने छ । यसमा सोमबार थारू भाषाको कनन हरलता ,मंगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहीबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : १९ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को