आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव  « Khabarhub

आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ । नाट्य उत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सवको संयुक्त उद्घाटन गरे ।

दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सव कोरोना महामारीका कारण बल्ल आफूहरूले आयोजना गर्न सकेको उत्सव संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताइन् । आइतबारबाट सुरु भएको नाट्य उत्सव सप्ताहव्यापी रुपमा आयोजना हुने संयोजक शर्माले कार्यक्रममा जानकारी गराइन् ।

उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सवले भाषा भाषिकाका नाटकहरुलाई पनि मूलधारमा ल्याउन मद्दत पुर्‍याउने बताए । पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।

यो नाटकका मुख्य पात्रले आफू सपनामा स्वर्ग गएको रमाइलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरू मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरूले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भताभुंग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।

आइतबारबाट सुरु भएको यो नाट्य उत्सव १८ असारसम्म जारी रहने छ । यसमा सोमबार थारू भाषाको कनन हरलता ,मंगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहीबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : १९ बजे

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको