कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काएको आरोप « Khabarhub

कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काएको आरोप


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीका कारण कृषकले पाँच महिना बितिसक्दा पनि माटो परीक्षणको रिपोर्ट पाएका छैनन् ।

कार्यालयका कर्मचारीहरुको लापरबाहीका कारण पाँच महिना बितिसक्दासमेत माटो परीक्षणको रिपोर्ट नपाएको कृषकहरुको गुनासो छ ।

‘माघमा माटो परिक्षण गर्न दिएको थिएँ, फागुनसम्ममा रिपोर्ट आएको भए चैतमा खाल्टो खनेर जेठ असारसम्म बिरुवा रोप्ने सोच थियो । तर, कर्मचारीको लापरबाहीले अहिलेसम्म रिपोर्ट आएन् । अब त बिरुवा रोप्ने समय पनि सकियो’, चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का चन्द्र बहादुर गुरुङले गुनासो गरे ।

गुरुङको चुमनुव्रीको छिही र सुङचेतमा खेत छ । विगतमा उनले त्यहाँ मकै, गहुँ र आलु लगाउने गर्थे । यस बर्षदेखि माटो परिक्षण गरेर ओखर र स्याउको व्यवसायिक खेति गर्ने सोच उनको थियो । तर, कार्यालयले समयमै माटो परिक्षणको रिपोर्ट नदिँदा त्यहाँ के लगाउने भन्नेमा उनी अन्यौल छन् ।

‘माटो परिक्षण गरेर व्यवसायिक खेति गरौँ भन्ने सोचले दुई दिन लगाएर हिँडेर आएँ । कृषि ज्ञान केन्द्रको कार्यालय पुुगेर त्यहाँका कर्मचारीलाई माटो बुझाएँ’, उनले भने, ‘कार्यालयमा प्राबिधिक नभएकाले पोखरा पठाउनु पर्छ । एक देखि डेढ महिना भित्रै रिपोर्ट आउछ भनेपछि फर्किएँ । तर, अहिलेसम्म रिपोर्ट आएको छैन्’, उनले भने ।

रिपोर्ट समयमै नपाएपछि कार्यालय प्रमुखसँग गुनासो गर्दा उल्टो आफुलाई धर्काएको उनले गुनासो गरे ।

‘रिपोर्ट आउन ढिलो भयो । कार्यालयबाट नहुने हो भने मेरो माटो फिर्ता दिनुस् म अन्तै लगेर परिक्षण गर्छु भनेको थिएँ । तर, हाकीमले बितिसकेको कुरा भन्दै त्यस बिषयमा कुरै नगर्नु भन्दै धर्काए’, गुरुङले भने । तर, कार्यालय प्रमुख पशुराम अधिकारी भने आफुले धर्काएको अस्वीकार गर्छन् ।

‘उहाँसँग मेरो भेट भएको छैन् । फोनमा भने पटकपटक कुरा भएको छ । खास यस्तो कारणले हो भनेर प्राबिधिक समस्या देखाए पछि पनि पटकपटक फोन गरेर उहाँले पनि धम्कीपूर्ण कुरा गर्नु भएको हो’, अधिकारीले भने ।

कार्यालयमा प्राबिधिकको दरबन्दी रिक्त भएकाले माटो परिक्षणमा ढिलो भएको उनको दाबी छ । ‘त्यति बेला माटो जाँच गर्ने प्राबिधिक हुनुुहुँदैनथ्यो । अहिले १०/१२ दिन मात्रै भयो नयाँ प्राविधिक आउनु भएको, उहाँको मात्रै हैन् अरुका पनि केही महिनादेखि परीक्षण बाँकी छ’, कार्यालय प्रमुख अधिकारीले भने ।

सामान्यतया माटो परिक्षणको रिपोर्ट औसतमा दुई देखि १५ दिनसम्ममा आउने कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ३१ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.