नेपाली दूतावास लण्डनको घुम्ती सेवा स्कटल्याण्डमा « Khabarhub

नेपाली दूतावास लण्डनको घुम्ती सेवा स्कटल्याण्डमा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन, १४ असार। लण्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन्।

गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दूतावासले आइतबार र सोमबार गरेर दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो।

गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दूतावासको सेवा लिएका थिए।

नेपाली दूतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो।

दूतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्याण्डले आभार व्यक्त गरेकोछ।
दूतावासको घुम्तीसेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए।

एनआरएनए स्कटल्याण्डको विधान संशोधनको तयारी

यसैबीच गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदले आफ्नो विधान संशोधनको लागि सुझाव संकलन सुरु गरेको छ। सो विधान संशोधनको लागि आइतबार एक भेलाको आयोजना गरेर सुझाव संकलन गरिएको विधान समितिको संयोजक उज्वल कार्कीले जानकारी दिए।

एनआरएनए स्कटल्याण्डले संघको आइसीसी सदस्य, सदस्यता शुल्क, महाधिवेशन प्रतिनिधि, सदस्यता वितरण सम्बन्धी व्यवस्थामा व्यापक विधान संशोधनको तयारी गरेको छ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा भएको भेलामा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेल, मोहन कार्की, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल, घनश्याम भण्डारी, सुमी भण्डारी लगायतले आआफ्नो सुझाव दिएका थिए। कार्यक्रम संचालन मनिष खत्रीले गरेका थिए।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : १३ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ