आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज पनि देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।  शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

‘पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै