शेखर समूहको बैठक दिउँसो बस्ने « Khabarhub

शेखर समूहको बैठक दिउँसो बस्ने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा सुरु हुने नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्।

प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको काममा एकलौटी गरेको भन्दै शेखर समूहको बैठक बस्न लागेको हो ।

आजको बैठकमा भातृ संस्थामा गरिएको एकलौटी मनोनयन, स्थानीय निर्वाचनको समीक्षा र पार्टीको अन्तरिक र बाह्य विषयमा छलफल हुनेछ ।

देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए ।

यस्तै केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए ।

तर देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : ०८ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि