शेखर समूहको बैठक दिउँसो बस्ने « Khabarhub

शेखर समूहको बैठक दिउँसो बस्ने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा सुरु हुने नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्।

प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको काममा एकलौटी गरेको भन्दै शेखर समूहको बैठक बस्न लागेको हो ।

आजको बैठकमा भातृ संस्थामा गरिएको एकलौटी मनोनयन, स्थानीय निर्वाचनको समीक्षा र पार्टीको अन्तरिक र बाह्य विषयमा छलफल हुनेछ ।

देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए ।

यस्तै केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए ।

तर देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै