कर्णालीमा चलचित्र कार्यशाला सुरु  « Khabarhub

कर्णालीमा चलचित्र कार्यशाला सुरु 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ सुरु भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन उद्घाटन गरेको कार्यशालामा २० जना फिल्मकर्मीको सिकाई जारी छ। ‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौँ । किनकि कर्णाली हरेक दृष्टिकोणले धनी छ’ मुख्य मन्त्री शाहीले भने।  यो कार्यशालामा सहभागी भएकाहरूले कर्णालीको जन जीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले व्यक्त गरे ।

यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय संयोजन हरि बिष्टले बताएका छन् । उनीहरू फिल्ममा आउने बिष्टको विश्वास छ । १४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता चल्ने छ । कार्यशालामा यती बेला चलचित्र निर्माण अन्तर्गत अभिनय, छायाँकन, सम्पादन, चलचित्र लेखन, निर्माण र चलचित्र निर्देशन सम्बन्धी सम्बन्धी प्रशिक्षण चलिरहेको छ ।

जस अन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, बिष्णु कल्पितले छायाँकन, प्रितम पाण्डेले सम्पादन, शिवम अधिकारीले चलचित्र लेखन र डब्बु क्षत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिइरहेका छन् ।

यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदान प्रदान सहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ५८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा