पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्ने सोचमा छन् – अमेरिका « Khabarhub

पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्ने सोचमा छन् – अमेरिका


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्नुपर्ने योजनामा रहेको अमेरिकी खुफिया एजेन्सीको विश्वास रहेको छ । मस्कोका सेनाहरू युद्धका कारण कमजोर भए पनि बिस्तारै क्षेत्र अतिक्रमण गर्ने क्षमता भएको अमेरिकी अधिकारीको मूल्याङ्कनले देखाएको हो ।

यसको मतलब युद्ध लम्बिन सक्ने राष्ट्रिय खुफिया एजेन्सीका निर्देशक एभ्रिल हेन्सले जानकारी दिइन् । गत मार्च महिनामा मस्कोका सेनाहरूले कीभ र अन्य शहरहरू अतिक्रमण गर्न असक्षम भएसँगै युक्रेनको डोनबासलाई कब्जा गर्नेतर्फ ध्यान केन्द्रित गरेका थिए ।

सुरुवाती दिनमा विवाद चर्किदा युक्रेनको अधिकांश भूभाग कब्जा गर्ने पुटिनको सो लक्ष्य यथावत् नै भएको हेन्सले बताइन् । सो लक्ष्य पुरा गर्न भने सजिलो नभएको तथा करिब असम्भव नै रहेको हेन्सको बुझाइ छ ।

हामीले पुटिनको निकट भविष्यमा भएको सैन्य उद्देश्य र सैन्य क्षमता बिच अन्तर पायौँ तथा उनको लक्ष्य र सैन्य क्षमतामा तालमेल देखिँदैन ।’, उनले यूएस कमर्स विभागीय सम्मेलनमा जानकारी दिए।

रुसले युक्रेनका सेभेरोडोनेत्स्कलगायत विभिन्न क्षेत्रलाई अतिक्रमण गरेको छ । तर, युक्रेनी सेनाले सशक्त रुपमा प्रतिरोध जारी राख्दा अतिक्रमणको गति भने विस्तार भएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : २४ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ