‘देशको आर्थिक सङ्कट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन’ « Khabarhub

‘देशको आर्थिक सङ्कट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन’


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण नगरेर मूकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक सङ्कट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरू पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरूलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको र राज्यले अविभावकीय भूमिका नखेलेर मूकदर्शक बनको भन्दै आपत्ति जनाएको छ । देशको वर्तमान आर्थिक सङ्कटप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

 उसले उद्योगी व्यवसायीहरूको पीडामा मलम लगाउने र आफूहरूलाई संरक्षण गर्ने राज्य छ भन्ने अनुभूति दिलाओस् भन्ने आफूहरूको अपेक्षा रहेको जनाएको छ ।

विभागले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण रूपमा असन्तुष्टि जनाएको छ । बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम आउन नसकेको उसको भनाइ छ ।

सरकारले महँगी नियन्त्रण गर्न नसकेको र उद्योगीलाई राहत हुने र उपभोक्तालाई सहुलियत दिने कुनै पनि काम ल्याउन नसकेको उसको आरोप छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ६ : ३४ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु