बंगलादेश र पाकिस्तानमा अल्पसंख्यकको सुरक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग « Khabarhub

बंगलादेश र पाकिस्तानमा अल्पसंख्यकको सुरक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा नाराइल सदर उप जिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको घटनाप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै साे घटनाप्रति दु:ख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

बंगलादेश र पाकिस्तानमा हिन्दुत्वविरोधि जिहादी घटनाहरू पटक–पटक सतहमा आइरहेका छन् ।

उनीहरूले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको विषयमा अति गैरजिम्मेवार रहेको देखिएको बताइएको छ ।

अभियानका अध्यक्ष विनय यादवले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “ती सरकारहरूले जिहादीहरूको गतिविधिमा रोक लगाउन अक्षम देखिएको हुनाले राष्ट्रिय एकता अभियान पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि ती मुलुकहरूमा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दछ ।”

उक्त कलेजको एक छात्रले भाजपा नेत्रृ नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेको थियो । कलेजमा त्यस छात्रलाई केही मुस्लिम छात्रहरूले पोस्ट डिलिट गर्न डरधम्की देखाई दबावसमेत दिएका थिए ।

यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको भन्दै जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो लगाएका थिए । यसपछि ती छात्रहरू र स्थानीय जिहादीहरूले धर्मको अपमान गरेको आरोप लागउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ४७ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको