काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।
गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा राखेको अध्यक्ष ओली सचिवालयका रामशरण बजगाईंले जानकारी दिए ।
प्रतिक्रिया